संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ।
अनुमोदित हुनेमा भारतका लागि राजदूत भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा, बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबरा छन्।
त्यसैगरी, इजरायलका लागि प्रस्तावित सुरेशकुमार कर्ण, स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन, जर्मनीका लागि प्रस्तावित शरू जोशी, ओमानका लागि प्रस्तावित पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रस्तावित सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि प्रस्तावित मञ्चला झाको नाम समितिले अनुमोदन गरेको हो।
गत असोज २ गते सरकारले १३ देशमा राजदूत सिफारिस गरेको थियो।
समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ।
अन्य दुई जनाको नामबारे भने यो समाचार तयार पार्दासम्म निर्णय हुन बाँकी छ।