चलचित्र पत्रकार संघ नेपालले स्थापनाको १९औं बार्षिकोत्सब सम्पन्न भएको छ । जेठ ७ गतेलाई संघले आफ्नो स्थापना दिवसको रूपमा बनाउँदै आइरहेको छ। संघ नेपाल पत्रकार महासंघको पहिलो एसोसियट संस्था हो।
सोमबार आफ्नो स्थापना दिवस पारेर पाँ फिल्म पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्यो।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ पत्रकार दयाराम पाण्डे र धुर्व लम्साल चलचित्र पत्रकारिता सम्मान प्रदान गरेको संघले नयाँ पत्रिका दैनिकमा आवद्द लक्ष्मण सुवेदी र टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकरिता पुरस्कार प्रदान गरेको थियो।
त्यस्तै फिल्मीखबर डटकममा आवद्द अन्जान दाहाल ‘मनिष’लाई प्रोत्साहन पुरस्कार दिइयो।
पत्रकारिता पुरस्कारबाट सम्मानित हुने सुवेदी र थापालाई २१ हजार नगद प्रदान गरिएको थियो भने प्रोत्साहनतर्फ दाहाललाई एक थान ल्यापटपको साथ ताम्रपत्र र ट्रफी प्रदान गर्यो ।
साथै, संघले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश तर्फको नवनियुक्त कार्यसमितिलाई पनि बधाई तथा सम्मान अर्पण गरेको थियो ।
[caption id="attachment_160438" align="alignnone" width="826"]
![](http://setopati.com/wp-content/uploads/2018/05/MG_6552-1024x682.jpg)
तस्विर: आर्यन बिमली[/caption]
कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलदेखि लिएर सिनेमा क्षेत्रसंग आवद्द बिभिन्न संस्थाका अध्यक्षहरुसँगै थुप्रै सेलेब्रेटीको उपस्थिति थियो । चलचित्र पत्रकारितासंग जोडिएर आउने सबैले संघ बार्षिकीको अवसरमा बधाई तथा शुभकामना दिएका थिए ।
राजधानी बाहिर रहेका बिभिन्न शाखामा पनि पत्रकारलाई सम्मान वितरणसहित सोमबार बार्षिकोत्सब मनाइएको थियो ।