रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजीबाबु यादवविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने पोल, तार, ट्रान्सफर्मरको प्राविधिक मूल्याङ्नसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइदिएबापत सेवाग्राहीसँग पचास हजार रुपैयाँ घूस लिएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिएको टोलीले रकमसहित रंगेहात पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ।
उनलाई पचास हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।