शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन्।
मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शंकर ग्रुपका मालिक अग्रवाललाई नक्सालबाट पक्राउ गरेको हो।
उनले तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
उनको निलो नम्बर प्लेटको गाडिबाट ६६ थान थर्मल गन बरामद भएको प्रहरीले जनाएको छ। एसएसपी थापाले सेतोपाटीलाई दिएको जानकारीअनुसार अग्रवालले निलो नम्बर प्लेटकै गाडि प्रयोग गरेर सामान विक्री गर्दै आएका थिए।
उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन्।