नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले काठमाडौं महानगरपालिका भित्रका बासिन्दालाई मास्क वितरण गर्ने भएका छन्।
तीन लाख ५० हजार पिस मास्क वितरण शुक्रबारदेखि गर्ने वैद्यको तयारी छ।
एक परिवारलाई चार पिस मास्कका दरले वितरण गर्न लागेको वैद्यको भनाइ छ।
वैद्यको उक्त अभियानलाई नेपाल तरूण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले पनि सघाएका छन्।
उनले दुई हजार पिस मास्क वैद्यको अभियानका लागि उपलब्ध गराएका हुन्।