नेपाल प्रहरीका महानिरीक्षक शैलश थापा क्षेत्रीले सुडानस्थित मिसनमा खटिने १७औं समुहलाई बिदाइ गरेका छन्।
शुक्रबार प्रहरी प्रधान कार्यालयका आयोजित एक समारोहमा महानिरीक्षक क्षेत्रीले मिसनमा खटिने प्रहरीहरूको बिदाइ गरेका हुन्।
संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु)को रुपमा डार्फर, सुडानस्थित मिसनमा नेपाल प्रहरीको टोली खटिने गरेको छ।
महानिरीक्षक थापा क्षेत्रीले प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए।
समारोहमा प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्रकुमार बस्यालले मिसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
समूहमा एक प्रहरी उपरीक्षक, चार प्रहरी नायव उपरीक्षक, सात प्रहरी निरीक्षक, २४ प्रहरी नायव निरीक्षक, १७ प्रहरी सहायक निरीक्षक, ५५ प्रहरी हवल्दार, ६५ प्रहरी जवान र ७ प्रहरी कार्यालय सहयोगी गरी जम्मा १ सय ८० जना खटिने उनले जानकारी दिए।
प्रहरी कर्मचारीहरु दुई समूह गरी कात्तिक १७ र मंसिर ११ गते सुडान प्रस्थान गर्नेछन्।