सिन्धुलीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।
शनिबार बिहान ९ बजे दुधौली नगरपालिका-५ सिर्थौली नयाँटोलस्थित भित्री सडकमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको हो।
सोही ठाँउका २१ वर्षीय चालक वियसकुमार दनुवार ना ५ त १९५१ नम्बरको खाली ट्याक्टरमा सिर्थौली नयाँटोलबाट छपाहामा मल लिन जाँदै थिए।
सडकमा आफैँ अनियन्त्रित भइ पल्टिँदा दनुवार गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार उनको टाउको, छाती भित्री चोट र दुबै कानबाट रगत बगेको थियो।
उनलाई पहिले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगेको थियो।
त्यहाँबाट उनको थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुली पुर्याउँदा पौने १२ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले बताए।
मृतक दनुवारको शव जिल्ला अस्पतालमा राखिएको छ।