चितवनमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकास्थित हर्दीमा सोमबार साँझ ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
प्रहरीले ग्यास बुलेट र चालकलाई नियन्त्रणमा लिएको छ। प्रदेश नं. ३ ०३-००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटले ठक्कर दिएको हो।
मृत्यु हुनेमा राप्ती-५ भण्डाराका नवराज दनाई र सोही स्थानका सचिन दनाई रहेका छन्। उनीहरूको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनायो।