धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाजुराको बुढीनन्दा नगरपालिका-९ का चक्रबहादुर रोकाया रहेका छन्। उनलाई धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित प्रगती होटलबाट एक किलो लागुऔषध चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दिए।
उनका अनुसार बिहीबार विशेष सूचाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले छापा मार्दा होटल सञ्चालक रहेका रोकायालाई पक्राउ गरिएको हो।
पक्राउ परेका रोकायालाई हिरासत लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।