झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा राखेको छ।
मृत्यु हुनेहरूको पहिचान भएको छैन।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९, २२:१३:००