काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एक जना महिला मृत अवस्थामा फेला परेकी छन्।
बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित एक निर्माणाधीन घरमा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
मृत फेला पर्नेमा ४१ वर्षीय फुलमाया सुनुवार छिन्। उनको शव बुधबार दिउँसो करिब २ बजेतिर फेला थियो। उनी सोही निर्माणाधीन घरमा ज्यामी काम गर्थिन्।
प्रहरी उपरीक्षक मैनालीका अनुसार घटनाको अनुसन्धानको लागि एक जनालाई नियन्त्रणमा पनि लिएको छ। उनको परिचय खुलाइसकेको छैन।
महिलाको शरीरमा घाउ चोट देखिएको छैन। बाँकी पोष्टमर्टम रिपोर्टबाट खुल्ने प्रहरीले जनाएको छ। रिपोर्ट आइसकेपछि मात्रै घटनाबारे थप कुरा खुल्ने प्रहरीको भनाइ छ।
उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको प्रहरीले जनाएको छ। महिलाको शव फेला परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पनि पुगेको थियो।
तालिम प्राप्त कुकुरसहित टोली बोलाएर खोजी समेत गर्न लगाएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान प्रहरी वृत्त महाराजगन्जले गरिरहेको छ।