सप्तरीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
आइतबार दिउँसो १ बजे तिलाठी कोइलाडी गाउँपालिका-१ खाडोखोलास्थित बोर्डर इलाकाबाट एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुरूषोत्तम थापाले जानकारी दिए।
बिओपी तिलाठी र प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट नेपाल पैदल हिँडिरहेका एक पुरूषबाट पेस्तोल बरामद गरेको हो।
सप्तरी छिन्नमस्ता गाउँपालिका-२ मौवा बस्ने २८ वर्षीय सोनु रायलाई पक्राउ गरेको हो। उनले कम्मरमा मेड इन युएसए लेखिएको पेस्तोल बोकेका थिए।
साथै सप्तरीको राजविराजबाट २८ वर्षीय रोशन यादवलाई पनि शंका लागेर पक्राउ गरेको छ।
उनीमाथि पनि यस घटनामा अनुसन्धान गर्न पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, १६:३३:०६