त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले दोब्बरभन्दा बढीले स्नातक तहको शुल्क वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।
गत साउन २५ को निर्णयअनुसार भन्दै भदौ ४ मा सूचना निकालेर संस्थानले आंगिक क्याम्पस स्नातक तह (बि.ई, बि.आर्क) को शुल्क वृद्धि गरेपछि विद्यार्थीले विरोध गरेका हुन्।
शुक्रबार विभिन्न विद्यार्थी संगठनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट माइतीघरसम्म विरोध र्याली निकालेका छन्।
आइओईले स्नातक तहको इन्जिनियरिङ पढ्न यसअघि ३ लाख १३ हजार रुपैयाँ शुल्क वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रूपैयाँ पुर्याएको छ।
विद्यार्थी संगठनहरूले वृद्धि गरिएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन्।
तस्बिरहरू:


















