काठमाडौंको सुकेधारास्थित एक घरमा आगलागी भएको छ।
शुक्रबार काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित बेसमाया डंगोलको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
५ बजेतिर उक्त घरमा आगलागी भएको भन्ने खबर प्रहरीले पाएको थियो। एक घण्टामा उक्त आगलागी नियन्त्रणमा आएको हो।
आगलागी कसरी भएको भन्ने खुलेको छैन। आगलागीको खबरपछि प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएको थियो। दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो।