बैतडीकाे खाेड्पेदेखि बझाङ जाेड्ने जयपृथ्वी राजमार्ग अझै सञ्चालनमा आएको छैन।
पाटन नगरपालिका वडा नम्बर ८ स्थित विजयपुर नजिकै पहिरो खस्दा राजमार्ग अवरूद्ध बनेको हो। गएराति खसेको उक्त पहिरो पन्छ्याउन नसक्दा राजमार्ग अझै खुल्न नसकेको हो।
राजमार्गकाे बैतडी र बझाङका दुई ठाउँमा पहिराे खसेको स्थानीय राजेन्द्र बिष्टले जानकारी दिए।
पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालयबाट डाेजर मगाइएको र एक मेसिनले अहिले पहिराे गएको ठाउँमा काम गरिरहेकाे जनाइएको छ।
यस्तै बझाङकाे तमैलस्थित जालेबगरमा पहिराेका कारण सडक अवरुद्ध छ।