इच्छाकामना गाउँपालिका वडा नम्बर ६ फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।
मुग्लिन–मलेखु सडक खण्डअन्तर्गत् फिस्लिङमा सोमबार बिहान ४ः४५ बजे पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन्।
उनकाअनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम भइरहेको छ। सडक अवरूद्ध भएपछि सवारीको लाम लागेको छ।
‘दुवैतर्फ सवारी रोकेर पहिरो पन्छाउने काम भइरहेको छ। अहिले पनि सिमसिम पानी परिरहेको छ,’ उनले भनिन्।
एक–डेढ घन्टामा सडकमा खसेको पहिरो पन्छाइसकिने उनले बताइन्।