बलात्कार मुद्दाका एक जना कैदी बिहीबार कोशी अस्पताल विराटनगरमा उपचारकै क्रममा भागेका छन्।
मोरङ जिल्ला कारागारमा कैद सजाय भोगिरहेका विराटनगर-८ का २४ वर्षीय मोहमद अहमद शौचालय जाने क्रममा प्रहरीलाई धकेलेर फरार भएको मोरङ प्रहरीले जानकारी दिएको छ।
कारागारमा पेट दुख्ने समस्या देखिएपछि मंगलबार उपचारका लागि उनलाई कोशी अस्पताल पठाइएको थियो। उनी बिहीबार बिहान करिब पाँच बजेतिर शौचालय जाने क्रममा सुरक्षाका लागि खटिएका प्रहरीलाई धकेलेर फरार भएका हुन्।
उनी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका कैदी थिए।
उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ मा १२ वर्षको जेल सजाय तोकेको थियो। उनी २०९१ फागुन ३ गते छुट्ने थिए।