सिन्धुपाल्चोकमा ढुंगा झिक्ने क्रममा पहिरो खसेर पुरिएका एक्साभेटर चालक मृत भेटिएका छन्।
पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कमा ढुंगा झिक्ने क्रममा पहिरोले पुरिएका एक्साभेटरका चालक बुधबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
नवलपरासी बस्ने २५ वर्षीय रमेश दराईको शव एक्साभेटरभित्र फेला परेको हो।
मंगलबार बाँसखर्कमा ढुंगा झिक्ने क्रममा माथिबाट ढुंगा खसेर एक्साभेटर पुरिएको थियो।
सहचालक मेलम्ची नगरपालिका-८ केउरेनी बस्ने १७ वर्षीय उमेश गिरी भागेर ज्यान जोगाएका थिए।