बुधबार झापाबाट १५ लाख भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारूसहित मेचीनगरपालिका-७ जोरसिमलबाट मोरङ उर्लाबारी बस्ने ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलील कार्कीलाई पक्राउ गरेको हो।
काँकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार कार्कीलाई पैसासहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
'कार्कीको साथबाट भेटिएको पैसाको स्रोत खुलाउन नसक्दा पक्राउ गरेका हौं,' डिएसपी थापाले भने, 'त्यसैले बरामद गरिएको रकमसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको छ।'