कास्की पोखरा फेवातालमा डुंगा पल्टिएर फसेका ६ जना भारतीय पर्यटकको उद्धार गरिएको छ।
सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार साँझ फेवातालमा फसेका ६ जना भारतीय पर्यटकको उद्धार गरेको हो।
भारतीय पर्यटक सोनु बर्मा, नेहा शेखावत, रुण चौधरी, पुनम चौधरी, प्रविण दीक्षित, श्याम प्रजापति र डुंगा चालक नेत्रबहादुर गुरूङ उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर पाण्डेले जानकारी दिए।
उनीहरू सबै भारतको जयपुरबाट पोखरा घुम्न आएका थिए।
डुंगा चालक पोखरा-२२ का हुन्। उनको स्वास्थ्यमा समस्या देखिएकाले गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको उनले बताए।
'भारतीय पर्यटकको अवस्था सामान्य छ,' उनले भने।