ललितपुरको इमाडोलस्थित घरमा अचेत भेटिएका एक पुरूषको मृत्यु भएको छ।
महालक्ष्मी नगरपालिका टिकाथली घर भई इमाडोलस्थित साथीको घरमा पुगेका ३१ वर्षीय जीवेश अधिकारी मंगलबार बिहान अचेत भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार उनलाई साथीले किष्ट अस्पताल पुर्याएको थियो।
उनको उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटना शंकास्पद नदेखिएको एसपी जोशीले बताए।