तनहुँमा किशोरीमाथि बालत्कार आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्।
शुक्लागण्डकी नगरपालिका-१ अल्छिबिसौना बस्ने ७२ वर्षीय केशवराज पौडेल पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो।
उनले १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।