बिहीबार बिहान ५:२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यावसायिक टहरामा आगो लागेको थियो।
टहरामा रहेको एउटा पसलमा विद्युत सर्ट भएर सुरू भएको आगलागीले अन्य दश वटा पसल समेत जलेको छ।
आगलागी भएको टहरा फलामे ट्रसबाट बनाइएको थियो।
त्यहाँ १५/२० वटा सटर सञ्चालित रहेकामा आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसायहरूमा पूर्ण रूपमा क्षति पुगेको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। ४ वटा सटर र त्यसमा सञ्चालित व्यवसायमा आंशिक क्षति पुगेको उनले बताए।
आगो निभाउनका लागि सशस्त्र प्रहरीको १७५ जना खटिएका थिए। नेपाल प्रहरी र स्थानीय पनि आगो निभाउन खटिएका थिए। विभिन्न कार्यालयबाट ६ वटा दमकल आगो निभाउने परिचालन गरिएको थियो।
तस्बिरहरू:
-1747296100.jpg)
-1747296100.jpg)
-1747296100.jpg)
-1747296097.jpg)
-1747296098.jpg)
-1747296098.jpg)
-1747296099.jpg)
-1747296097.jpg)
-1747296097.jpg)
-1747296097.jpg)
-1747296096.jpg)
;
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी