सान (सावित्रा नन्दलाल) सेवा समाज भक्तपुरले चितवनको देवघाट पुगेर देवघाट समाज कल्याण केन्द्रको वुद्धाश्रमलाई नगद तथा जिन्सी सहयोग गरेको छ।
एक्लिएर एवं परिवार र सन्तानको अवहेलना तथा निःसन्तानका कारण वद्धाश्रमको पुगेका वृद्धवद्धालाई सान स्मृति सेवा समाजले सहयोग गरेको हो।
सो समाजले आश्रय लिइरहेका झन्डै ४० जना वृद्धवृद्धालाई सहयोग गरेको हो।
सो वृद्धाश्रममा ६५ वर्षभन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई मात्रै राख्ने गरिएको छ ।
५ वर्षअगाडि विश्वव्यापी महामारी कोरोनाका कारण निधन भएका साहित्यकार नन्दलाल गौतमको जन्मजयन्ती पारेर सहयोग गरिएको समाजका अध्यक्ष रविचन्द्र गौतमले जानकारी दिए।
सान स्मृति सेवा समाज स्व. नन्दलालकै पाँच छोरा-बुहारीले स्थापना गरेका थिए।
'मानवीयता समाजमा स्खलित भइरहेको अवस्धामा सुधार ल्याउन, पूर्वीय संस्कार तथा परम्परा जीवन्त राख्न र बेसहारा वृद्धवद्धाप्रति समभाव प्रकट गर्न सहयोग गरिएको हो', अध्यक्ष गौतमले भने।
वृद्धवृद्धाका लागि संकलन भइरहेको कोषमा आजीवन सदस्यले गर्ने सहयोग, सबै वृद्धवद्धालाई व्यक्तिगत औषधोपचारका लागि नगद सहयोग तथा विशेष खाना खुवाएर 'वृद्धाश्रममा एक दिन' भन्ने कार्यकम चलाएर सान स्मृति सेवा समाजले सहयोग गरेको हो।
वृद्धाश्रममै स्व. नन्दलाल गौतमको सम्झनामा माल्यार्पण कार्यकम गरिएको थियो।