ललिपुर र मकवानपुरको सीमास्थित बागमती खोलामा डाइभर्सन बगाए पछि हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध छ।
गएरातिको वर्षाका कारण खोलामा पानीको बहाब बढेपछि त्यहाँ डाइभर्सन बनाइएको ह्युम पाइप नै बगाउँदा सवारी साधनको आवत जावत अवरूद्ध बनेको हो।
बगुवामा पुल बनिरहेकाले डाइभर्सनबाट सवारी साधनहरू आवत जावतको व्यवस्था मिलाइएको थियो।
सोमबार डाइभर्सन नै बगाएपछि भने साना सवारी साधनलाई निर्माणधीन पुलबाट आवत जावत गराइएको मकवानपुर प्रहरीले जनाएको छ।
कार, जिप, स्कारपिओ र मोटरसाइकल जस्ता साना सवारी साधनहरूलाई पुलबाटै एकतर्फी चल्ने गरी आवतजावतको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
ठूला सवारी साधनहरू भने डाइभर्सन नबनुन्जेल होल्ड हुनेछन्।
यसअघि वैशाख २१ गते पनि उक्त खोलामा डाइभर्सन बगाएको थियो।