अछाममा चितुवा गोठभित्र पसेर किसानले पालेका खसी बाख्रा मारेको छ।
रामारोशन गाउँपालिका–५ दलेनाका किसान उदयबहादुर रोकायाले पालेका दुई बाख्रा, एक बोका र एउटा च्याङ्ग्रो चितुवाले मारेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले सोमबार बिहान २ बजेतिर चितुवा छानाबाट गोठभित्र पसेर ती खसी बाख्रा मारेको बताए।
रोकायाको घरदेखि गोठ १० मिटर जति टाढा थियो। ढुंगा माटोको गोठमा खरको छानो थियो। त्यही छाना माथिबाट चितुवा बाख्रा खोरमा पसेर खसी बाख्रा मारेको अवस्थामा फेला परेको डिएसपी भण्डारीले बताए।
खबर पाएपछि बिहान प्रहरी पोष्ट चौताराबाट प्रहरी सहायक निरीक्षक चन्द्रसिंह पालीको कमाण्डमा घटनास्थल पुगेको थियो।