तेह्रथुममा महिलामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
छथर गाउँपालिका-५ भोर्ले बस्ने ४५ वर्षीय योगेन्द्र भन्ने सार्के लिम्बु पक्राउ परेका हुन्।
उनलाई अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।
लिम्बुले ५९ वर्षीया महिलामाथि बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।