त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन्।
बुधबार राति अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट २३ वर्षीय भारतीय नागरिक श्रीनिश कल्लेकालाथिलाई प्रहरीले पक्राउ गरेको हो।
उनीबाट प्रहरीले ४ किलो ४८० ग्राम गाँजा बरामद गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनको सुटकेशबाट गाँजा फेला परेको हो।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्युरो पठाइएको छ।