देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भए पनि मधेस प्रदेशका आठ जिल्लामा पर्याप्त पानी परेन।
समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ ।
धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण आधा साउन बितिसक्दा पनि रोपाइँ गर्न पाएका छैनन्।
सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने साउन ७ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ।
त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेसका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ ।
तस्बिरहरूः
-ink-1753581342.jpeg)
-ink-1753581338.jpeg)
-ink-1753581342.jpeg)
-ink-1753581338.jpeg)
-ink-1753581339.jpeg)
-ink-1753581339.jpeg)
-ink-1753581337.jpeg)
-ink-1753581337.jpeg)
-ink-1753581336.jpeg)
-ink-1753581336.jpeg)
-ink-1753581336.jpeg)
-ink-1753581336.jpeg)
सबै तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।