पानी पार्ने प्रणाली (न्यूनचापीय रेखा) पश्चिम नेपालतिर सर्दा सुदूरपश्चिममा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका दुई केन्द्रमा अति भारी वर्षा भएको छ।
महाशाखाका अनुसार कैलालीको चिसापानी केन्द्रमा पछिल्लो २४ घन्टामा २०२ मिलिमिटर वर्षा भएको छ। डडेलधुराको एक केन्द्रमा १९५ मिलिमिटर पानी परेको छ। बाँकेको बैजापुरमा १४२.८, बाँकेकै सिक्टामा १३४, दाङको बेलझुण्डीमा ११९.६, तुलसीपुरमा १०१.८, सुर्खेतमा ११९.४, कैलालीको सन्धेपानीमा ११४, कैलालीको बछिलामा १०१.६ मिलिमिटर वर्षा भएको छ।
शुक्रबार भने पानी पार्ने प्रणाली (न्यूनचापीय रेखा) सरदरको स्थान (भारत) मा रहेको छ।