मनोहराको सुकुम्बासी बस्ती भत्काउन थालिएको छ।
बिहान ९ बजे प्रहरी डोजरसहित पुगेकोमा साढे १० बजेपछि घर-टहरा भत्काउन थालिएको हो।
घर भत्काउनुअघि प्रहरीको टोली बस्ती छिरेको थियो। त्यसपछि काठमाडौं महानगर प्रहरीको टोलीले पनि हेरेपछि भत्काउन सुरू गरिएको थियो।
स्थानीयले शनिबारदेखि आइतबार बिहानैसम्म सामान निकालेका थिए।
अहिले सामान निकालिसकेको घरमा डोजर चलाइएको छ।
घर-टहरा भत्काउन ४ वटा डोजर तैनाथ छन्।
शनिबार स्थानीयले प्रवेश गर्न नदिएपछि बस्ती भत्काउन गएको प्रहरी फर्किएको थियो।
नाराबाजी र अवरोध भएपछि प्रहरी फर्किएको थियो। ढुंगामुढाका कारण केही प्रहरी घाइते भएका थिए।
तस्बिरहरूः
-ink-1777179480.jpeg)
-ink-1777179480.jpeg)
-ink-1777179480.jpeg)
-ink-1777179479.jpeg)
-ink-1777179479.jpeg)
-ink-1777179479.jpeg)
-ink-1777179479.jpeg)
-ink-1777179480.jpeg)