वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ।
ज्योतिषी महेश मङ्गल जोशीले मच्छिन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको जानकारी दिए।
हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको रथलाई सोही दिनको साइतमा जावलाखेल पुर्याइनेछ।
परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गरेका हुन्।
जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ। –न्युज एजेन्सी नेपाल