सरकारले राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइको रूपमा पुनर्संरचना गर्ने भएको छ।
सोमबार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन्।
‘राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइको रूपमा पुनर्संरचना गरिनेछ,’ उनले भने।
त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुढृद गर्दै अनुसन्धान अभियोजन र कारबाही प्रणाली प्रभावकारी बनाउने पनि उनले बताए।
अब भ्रष्टाचारको उजुरीकर्ताको पहिचानसँगै पुरस्कार दिने व्यवस्था समेत गरिने उनले बताए।
‘भ्रष्टाचार उजुरीकर्ताको पहिचान, संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ,’ उनले भने, ‘उच्चपदस्थ अधिकारीको सम्पत्ति विवरण वार्गिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।’