बाँकेमा एक युवक मृत फेला परेका छन्।
जिल्लाको बैजनाथ गाउँपालिका – ५ का २७ वर्षीय टिकाराम थापा आइतबार बिहान मृत फेला परेका हुन्।
थापा कोहलपुर नगरपालिका– १५ चन्हवास्थित खेतमा डिलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्रडम्मर पालले बताए।
रोजगारीको सिलसिलामा केही समय पहिले भारत पुगेको थापा शनिबार मात्रै घर फर्किएका थिए।
मृतकको शरिरमा बाहिर बाट हेर्दा कुनै चोट पटक फेला परेको छैन।
शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगंजमा लगिएको छ। पोष्ट मार्टम रिपोर्ट पछि मृत्युको कारण भन्न सहज हुने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा केही लागु पदार्थ सेवन गरेको प्रमाणहरु फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट लागुऔषधकै ओभर डोजका कारण उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
परिवारको तर्फबाट भने प्रहरीमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर भएको छ। किटानी जाहेरी भने दिइएको छैन।
घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।