काठमाडौंको माइतीघर मण्डलमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्तहरूले धर्ना कार्यक्रम आयोजना गरेका छन्।
सडकपेटीलाई कार्यक्षेत्र बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न निकायबाट भएको धरपकड र जबरजस्ती हटाउने प्रयासको विरोध गर्दै आन्दोलन गरेका हुन्।
धर्नामा सहभागीहरूले 'पानी, धुलो र धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो' भन्दै वैकल्पिक रोजगारी वा पुनर्स्थापनाको व्यवस्था नगरी फुटपाथ नछोड्ने चेतावनी दिएका छन्।
उनीहरूले राज्य तथा सम्बन्धित निकायलाई आफ्नो जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न र सम्मानजनक विकल्प उपलब्ध गराउन आग्रह गरेका छन्।
सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहद्वारा आयोजित धर्नामा सहभागीहरूले जीविकोपार्जनको विकल्प खोजिनुपर्ने र बलपूर्वक हटाउने कार्य तत्काल रोक्नुपर्ने माग राखेका छन्।
तस्बिरहरू:
-1782286380.jpg)
-1782286380.jpg)
-1782286380.jpg)
-1782286379.jpg)
-1782286379.jpg)
-1782286381.jpg)
-1782286379.jpg)
-1782286379.jpg)
-1782286379.jpg)
-1782286378.jpg)
-1782286380.jpg)
-1782286378.jpg)