बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।
स्वामिकार्तिक खापर गाउँपालिका ३ जुकोटका ३४ वर्षीय सागरबहादुर शाहीको भिरबाट लडेर मृत्यु भएको हो।
बिहीबार बिहान ६ बजेतिर जुकोटबाट जोरू जाने क्रममा शाही झन्डै २० मिटर तल खसेका थिए।
भाइको लडेर मृत्यु भएको भन्ने विवरण उनका दाजु कृष्णबहादुर शाहीले बिहान ७ बजेतिर इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा खबर गरेका थिए। त्यहाँबाट प्रहरी घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।