त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभाग, कीर्तिपुरले आयोजना गरेको ‘समवेत’ MFA Graduate Show 2026 सुरू भएको छ।
प्रदर्शनीमा मास्टर्स इन फाइन आर्ट अध्ययन पूरा गरेका २० जना कलाकारका कलाकृतिहरू समावेश छन्।
प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रिन्टमेकिङ, भिडिओ आर्ट, इन्स्टलेसन तथा परफर्मेन्स (न्यु मिडिया कला) लगायत विभिन्न विधाका सिर्जनाहरू राखिएका छन्।
आयोजकका अनुसार सबै कलाकारका आ–आफ्नै मौलिक कलाकृति प्रदर्शन गरिएका छन्।
‘समवेत’ शीर्षकले विविध विचार र फरक–फरक सन्दर्भलाई एउटै साझा कलात्मक मञ्चमा जोड्ने भाव व्यक्त गर्ने जनाइएको छ।
प्रदर्शनी असार १७ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।
तस्बिरहरू:
-1782985695.jpg)
-1782985695.jpg)
-1782985694.jpg)
-1782985694.jpg)
-1782985692.jpg)
-1782985693.jpg)
-1782985693.jpg)
-1782985693.jpg)
-1782985692.jpg)
-1782985691.jpg)
-1782985691.jpg)
-1782985691.jpg)
-1782985690.jpg)
-1782985690.jpg)
-1782985689.jpg)
-1782985689.jpg)
-1782985689.jpg)
-1782985689.jpg)