वर्षौंदेखि अलपत्र छाडिएको चक्रपथको दोस्रो खण्ड कलंकी-बसुन्धरा सडक विस्तार हुने आशा पलाएको छ।
भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच गएको बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएसँगै यो सडक विस्तार काम सुरू हुने सम्भावना बढेको हो।
यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रूपैयाँ अनुदान उपलब्ध गराउनेछ।
सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ।
यो सडक विस्तारको सम्झौता २०७५ मै भएको थियो।
त्यतिबेला कोरोना महामारीको कारण देखाउँदै लामो समयसम्म चिनियाँ पक्षले काम सुरू गरेन। त्यसपछि पनि साइट क्लियर हुनुपर्ने मुद्दा उठाएर काम सुरू गरेन।
२०७९ पुसतिर चिनियाँ टोली साइट निरीक्षणका लागि आएको थियो। त्यसबेला पनि सडक आसपासका मन्दिरहरू नहटाएसम्म काम सुरू नगर्ने अडान राखेर फर्केको थियो।
अहिले सडक विभागले चक्रपथ विस्तारका लागि साइट क्लियर गरेर राखेको छ। दायाँ बायाँका संरचनाहरू तीन वर्षअघि नै हटाएको थियो।
पटक-पटक ताकेता गर्दा पनि चिनियाँ पक्ष नआएपछि सडक विभागले आफ्नो जिम्मेवारीमा रहेको सर्भिस लेन र ढल निकासका कामहरू केही ठाउँमा गरेको थियो।
संरचना हटाएर खाली राखिएको सडकमा बर्खा लागेसँगै घाँसपात, रूखबिरूवा उम्रिएका छन्। बीच भाग र दायाँबायाँका हरियाली देखिन्छ। तर व्यवस्थित नगरिएका कारण जोखिम पनि उत्तिकै हुन्छ।
बर्खामा घाँसेमैदान बनेको सडक हिउँदमा धुवाँ धुलोले भरिन्छ।
तस्बिरहरूः
-ink-1783498118.jpeg)
-ink-1783498119.jpeg)
-ink-1783498118.jpeg)
-ink-1783498118.jpeg)
-ink-1783498118.jpeg)
-ink-1783498117.jpeg)
-ink-1783498118.jpeg)