व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अग्रवाललाई पक्राउ गरेको हो।
एसएसपी अनुपम शम्शेर राणाका अनुसार उनलाई कर्जा दुरूपयोग गरेको कसुरमा पक्राउ गरिएको हो।
अग्रवालविरूद्ध उच्च अदालत पाटनमा मुद्दा बुझाइसकेको छ।
उनका छोरा सुलभ अग्रवाल, दिपक भट्टसहित जोडिएको मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनलाई आजै अदालतमा उपस्थित समेत गराइसकेको छ।