काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्न हामफालेका पुरूष बेपत्ता भएका छन्।
बिहीबार दिउँसो कीर्तिपुरको जलविनायक मन्दिर नजिकैबाट बागमती नदीमा पुरूषले हामफालेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ती पुरूषको खोजी भइरहेको छ।
बेपत्ता भएका पुरूष कलंकी सुनार गाउँका ३६ वर्षीय प्रकाश परियार हुन्।
उनका परिवार सम्पर्कमा आएका छन्।