मधेस प्रदेशका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह सहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बागमती नगरपालिकामा फनपार्क र रिसोर्ट बनाउने काममा भ्रष्टाचार भएको भन्दै सात जना व्यक्ति र एक कम्पनी विरूद्ध बिहीबार मुद्दा दायर भएको हो।
पार्क निर्माणका लागि पहिलो डिपिआरले कल्पना नगरेको संरचनालाई फेरि प्रतिफलको सुनिश्चितताबिना नै दोस्रो डिपिआर तयार गरी निर्माण व्यवसायीलाई फाइदा पुर्याएको आरोप छ।
यसरी तत्कालीन मन्त्री सहित ७ जनाले भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।
तत्कालीन मन्त्री साह, तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर विरूद्ध ३५ करोड रुपैयाँको बिगो कायम गरेको छ।
बागमती नगरपालिकाका तत्कालीन भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलविरूद्ध मुद्दा दायर भएको छ।
उनीहरूविरूद्ध ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ बिगो कायम गरेको छ।
ठेकेदार युवराज पोखरेल र बिकोइ/धुलिखेल जेभीविरूद्ध पनि मुद्दा दायर भएको छ।
३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँको बिगो कायम गरी मुद्दा छ।