रोल्पामा गाईवस्तु चराउन गएका दुई महिला शनिबार दिउँसो झरेको पहिरोले पुरिएका छन्।
सुनछहरी गाउँपालिका–१ का सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएका स्थानीय दुई महिला पहिरोले पुरिएर बेपत्ता छन्।
दिउँसो सवा १ बजेतिर दुई महिला सहित वस्तु चौपायालाई पहिरोले पुर्दा बेपत्ता भएकोबारे दिउँसो साढे २ बजेतिर वडाध्यक्ष महाविर राना मगरले स्थानीय प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि इलाका प्रहरी कार्यालय पोवाङबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुबिन शाहको नेतृत्वमा २५ किलोमिटर टाढाको घटनास्थलमा प्रहरी टोली सवा ४ बजेतिर पुगेको थियो।
इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अनिलकुमार चौधरी नेतृत्वको टोली पनि घटनास्थलतर्फ लागेको छ।
हालसम्मको अनुसन्धानबाट दुई जना महिला पहिरोमा पुरिए बेपत्ता भएको खुले पनि वस्तु चौपाया कति परे भन्ने खुलेको छैन।
बेपत्ताहरूको खोजी कार्य जारी छ।