भारतका पर्यावरण अभियानी सोनम वाङ्चुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लोकतन्त्रको जित भनेका छन्।
शुक्रबार अनसन तोडेपछि उपचाररत रहेका वाङ्चुकले सामाजिक सञ्जाल एक्समा सन्देश लेख्दै कक्रोच जनता पार्टी र देशका जेनजीहरूलाई बधाई दिएका हुन्।
'यो लोकतन्त्रको जित हो। जुन सिधै सडकबाट आएको हो। यो शान्ति, धैर्य तथा दृढताको जित हो। सिजेपी र देशका जेनजीलाई बधाई,' उनले लेखेका छन्।
उनले डरलाई तिलाञ्जली दिएर सडकमा आउने सम्पूर्ण नागरिकहरूलाई पनि धन्यवाद भनेका छन्।
नीटको प्रश्न पत्र लिक प्रकरणको विरोधमा वाङ्चुक २६ दिनसम्म अनसन बसेका थिए। उनले २८ जुनदेखि जन्तर मन्तरमा सिजेपीको मञ्चबाट अनसन सुरू गरेका थिए।
उनको अवस्था बिग्रँदै गएपछि दिल्ली प्रहरीले उनलाई असनस्थलबाट जबरजस्ती उठाएर अस्पताल पुर्याएको थियो।
त्यसपछि जन्तर मन्तरमा विद्यार्थीहरूको आन्दोलन चर्किएको थियो। वाङ्चुक आफैले भने शुक्रबार अनसन तोडेका थिए।
शनिबार शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिइसकेका छन्।