पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोही दुर्घटनामा एक जना घाइते भएका छन्।
हार्थाेकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर सोमबार राति सवा ९ बजेतिर तानसेन–रिडी सडक खण्डको तानसेन नगरपालिका वडा नं. १२ गाईघाटमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी बागलुङको ढोरपाटन नगरपालिका वडा नंं १ का २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको छ।
कुमाल टिपरका सहचालक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए।
दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा टिपर चालक ढोरपाटन नगरपालिका वडा नंं १ कै २७ वर्षीय मीन बहादुर कुमाल घाइते भएका छन्। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
अर्गली प्रहरी चौकीका अनुसार बुटवलबाट इँटा बोकेर बागलुङतर्फ जाँदै गरेको टिपर दुर्घटनामा परेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ।