सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरेको छ।
बिहीबार अपराह्न ४ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनिश्चिकालका लागि कर्फ्यू आदेश जारी भएको हो।
यसअघि प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरेको थियो।
लहानको पूर्वपश्चिम राजमार्गको बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोलासम्म, दक्षिणतर्फ पूर्वपश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यू लगाएको हो।
अहिले सिरहाको लहान र गोलबजार क्षेत्रमा तनावग्रस्त छ। त्यहाँ प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको छ।