कैलालीमा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ।
आइतबार दिउँसो गौरीगंगा नगरपालिका–८ का १२ वर्षीय सलिम धामीको डुबेर मृत्यु भएको जिल्लाका प्रहरी निरीक्षक कैलाससिंह बिष्टले बताए।
बालक धामी ३/४ जना साथीहरू संगै लिक्मा खोलामा पौडी खेल्ने गएका थिए।
पौडी खेल्ने क्रममा धामी डुबी बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई पौने ४ बजेतिर खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले धामीलाई बेहोस अवस्थामा उद्धार गरी केबी सौगात पोलिक्लिनिक बढैपुरमा पुर्याँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।