गोरखाको लक्ष्मीबजारमा पहिरोले घर बगाएको छ।
गोरखा नगरपालिका ९ लक्ष्मीबजारदेखि शिखर जाने बाटोमा दिवामार्गमा स्थानीय मानसिंह गुरूङको तीन तले पक्की घर पहिरोले बगेको हो।
अविरल वर्षापछिको पहिरोले आज घर बगेको हो।
सडकसँगै रहेको घर पहिरिएर करिब २० मिटर तल पुगेको छ।
पहिरो जाँदा घरमा एक जना मात्रै थिए। डेरा गरी बसेका रौतहट कटहरिया नगरपालिका ७ घर भएका टोखान महतो सामान्य घाइते छन्। उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ।