नारायणघाट-मुग्लिन सडक फेरि अवरूद्ध भएको छ।
मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडक दुईतर्फी नै अवरूद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
पहिरो हटाउन डिभिजनले उपकरणहरू परिचालन गरिसकेको जनाएको छ।
सोमबार बिहान उक्त सडक खण्डकै सिमलतालमा लेदोसहितको पहिरो खसेको थियो।
त्यस्तै तुइन खोला र नाम्सी खोलामा सडकमाथिबाट ढुंगा खसेपछि बिहानीपख सडक एकतर्फी बनेको थियो।
बिहान १० बजेपछि सडक सञ्चालनमा आए पनि मुग्लिनमा पहिरो खसेसँगै फेरि अवरूद्ध भएको हो।