भक्तपुर अस्पतालको आइसियूमा तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
साउन १३ गते अस्पतालको इमर्जेन्सी र आइसियू कक्षमा तोडफोडमा संलग्न एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दिपककुमार कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा ३४ वर्षीय जानकी तामाङ छन्।
उनीविरूद्ध प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
जिल्ला अदालत भक्तपुरबाट उनलाई हिरासतमा राख्न ५ दिनको अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।