दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले हिरासतमा राख्न अनुमति नदिएपछि रिहा भएका छन्।
सोमबार उनलाई अदालतमा उपस्थित गराउँदा हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिइएको हो।
उक्त आदेशपछि उनी रिहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कार्कीले जानकारी दिए।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी उनले सरकारविरूद्ध आन्दोलन घोषणा गरेका थिए।
उक्त घोषणापछि राति प्रहरी उनको भक्तपुरस्थित घरमा पुगेको थियो।
प्रहरीले जरूरी पुर्जी थमाएर पक्राउ गरेपछि सोमबार प्रसाईंकी पत्नी उमाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दायर गरेकी थिइन्।